शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

कांग्रेसको समानुपातिक सूची : वर्तमान राष्ट्रपतिका छोरी र पूर्वराष्ट्रपतिका छोरा पनि उम्मेदवार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
कांग्रेसको समानुपातिक सूची : वर्तमान राष्ट्रपतिका छोरी र पूर्वराष्ट्रपतिका छोरा पनि उम्मेदवार
काठमाडौं, पुस १५ :

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई समेत समेटेको छ ।

कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति  रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ । यादवको नाम सूचीको ३१ औं र पौडेलको ६२ औं नम्बरमा रहेको छ ।

त्यसो त केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेती र नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश गरेको छ । युवालाई समेट्ने नाममा कांग्रेसले आफन्त र नातागोतालाई नै प्राथमिकतामा राखेको सम्बद्ध पार्टीका नेताहरु बताउँछन् ।

पहिलो नम्बरमा भने सहमहामन्त्री भीष्मराज आङ्दम्बे र दोस्रोमा गोपालमान श्रेष्ठको नाम उल्लेख गरिएको छ । कांग्रेसले रातभरको प्रयासपछि आज बिहान ११० जनाको बन्दसूची तयार गरेको निर्वाचन आयोगमा बुझाएको छ ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार