बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

त्रिभुवन विमानस्थलको गुणस्तरीय सेवामा सुधार गर्न पर्यटनमन्त्री सिन्हाको निर्देशन

विमानस्थलमा प्रवेश गरेदेखि बाहिरिदासम्मको असहज परिस्थिति स्वयं आफैले भोगेको उनले बताए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
त्रिभुवन विमानस्थलको गुणस्तरीय सेवामा सुधार गर्न पर्यटनमन्त्री सिन्हाको निर्देशन
काठमाडौं, पुस १६ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन विमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन विमानस्थलको संरचनात्मक सुधार देखिएपनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन् ।

विमानस्थलमा प्रवेश गरेदेखि बाहिरिदासम्मको असहज परिस्थिति स्वयं आफैले भोगेको उनले बताए । मन्त्री सिन्हाले आफू अन्तरिम सरकारको मन्त्री भएकाले धेरै समय नरहेपनि बाँकी रहेको समयमा सुधारका लागि निरन्तर प्रयास गर्ने उल्लेख गरे ।

नेपालमा हवाई यात्रा विलासिता नभई जीवनपद्धती बन्न पुगेकाले यस क्षेत्रलाई नागरिक मैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री सिन्हाले विमान दुर्घटनाको निष्पक्ष र प्रावधिक छानबिनका लागि स्थायी र अधिकारसम्पन्न स्वतन्त्र विमान दुर्घटना आयोग वा कुनै स्वतन्त्र निकायको स्थापना गर्ने विषयमा रणनीतिक सम्बोधन गर्न अतिआवश्यक रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार