बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

रवि लामिछानेलाई थुनामा राख्ने माग उच्च अदालतद्वारा अस्वीकार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
रवि लामिछानेलाई थुनामा राख्ने माग उच्च अदालतद्वारा अस्वीकार
ललितपुर, पुस १७ :

उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिलले दायर गरेको निवेदन अस्वीकार गरेको छ।

काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए।

न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै धरौटीमा रिहा गर्ने निर्णय कायम राखेको हो।

जिल्ला अदालत काठमाडौंले गत माघ २, २०८१ मा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार