शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

उम्मेदवारको बन्दसूची आफू अनुकुल संशोधन गर्न मिल्दैन : प्रवक्ता भट्टराई

निर्वाचनका लागि करिब चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
उम्मेदवारको बन्दसूची आफू अनुकुल संशोधन गर्न मिल्दैन : प्रवक्ता भट्टराई
काठमाडौं, पुस १८ :

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार नै तयारी तीव्र बनाइएको जनाएको छ ।

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ करिब चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनले निर्वाचन प्रचारप्रसारका लागि सीमा निर्धारण गरिएको उल्लेख गर्दै उम्मेदवार तथा राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत खर्च गर्न पाउने बताए।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।

त्यस्तै उनले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफू अनुकुल संशोधन गर्न नमिल्ने बताए । कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था र उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्रै अर्को उम्मेद्वारको नाम पठाउन सकिने उनले स्पष्ट पार । उनले समानुपातिक तर्फ अहिलेसम्म ५८ वटा चूनावचिन्ह मत पत्रमा रहने निश्चितजस्तै भएको जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार