बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन #‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन
समाचार प्रदेश मधेस प्रदेश

टिकटकमा एक-अर्काको धर्मलक्षित टिप्पणीलाई लिएर वीरगन्जमा प्रदर्शन

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
टिकटकमा एक-अर्काको धर्मलक्षित टिप्पणीलाई लिएर वीरगन्जमा प्रदर्शन
वीरगन्ज, पुस २० :

टिकटकमा एक-अर्काको धर्मलक्षित गरेर टिप्पणी गरेको विषयलाई लिएर धनुषाको कमला नगरपालिका-६ सखुवा मडानमा  दुई समूहबीच तनाव बढेको छ।

सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विरोधमा वीरगन्जमा आइतबार टायर बालेर नाराबाजीसहत प्रदर्शन भएको छ । वीरगन्जको छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। त्यस क्रममा प्रहरीतर्फ सात जना सामान्य घाइते भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए।

टिकटकमा भिडियो राख्ने र तोडफोडमा स‌ंलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सो घटनापछि धनुषा र पर्सासहित मधेशका  जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार