बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश मधेस प्रदेश

जिल्ला प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी

निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
जिल्ला प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
वीरगन्ज, पुस २१ :

प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ।  मुस्लिम र हिन्दु समुदायबीचको द्वन्द्वका कारण प्रदर्शन चर्किएपछि वीरगन्ज महानगरपालिकामा आज दिउँसो १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वी क्षेत्रको बसपार्क, पश्चिमी क्षेत्रको सिर्सिया पुल, उत्तरी क्षेत्रको पावर हाउस चौक र दक्षिणी क्षेत्रको शंकराचार्य गेटको आसपास कुनै पनि किसिमका सभा, जुलुस र प्रदर्शनहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ।

धनुषाको कमला नगरपालिका- ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार