बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

लिङ्देन र लामिछानेबीच भेटवार्ता, पृथ्वीजयन्तीमा हुने चियापानको निम्तो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
लिङ्देन र लामिछानेबीच  भेटवार्ता, पृथ्वीजयन्तीमा हुने चियापानको निम्तो
काठमाडौं, पुस २४ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन्। सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने  विषयमा छलफल भएको उनले जानकारी दिए । मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ । राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार