काठमाडौं, पुस २८ :

कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य समेट्न प्रस्ताव गरिएको छ । विशेष महाधिवेशनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी युवाको सहभागी बढाउन जोड दिएका हुन् ।

 केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० जना तथा ३० कटेर ४० नकटेका २० जना गरी ४० जनाको प्रतिनिधित्व रहनुपर्ने महामन्त्री शर्माको प्रस्ताव छ । उनले प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १० र १० जना रहने प्रस्ताव राखेका छन्  ।