काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडीखेलमा माघी पर्व मनाउने भएका छन् ।
थारु कल्याणकारिणी सभाको संयोजनमा र विभिन्न थारु संघ संघसंस्थाहरुको संयुक्त आयोजनामा थारु समुदायले पुस ३० गते र माघ १ गते दुई दिन काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएका हुन् । थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सवका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।
माघी महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मूल कार्यक्रम अघि माघ १ गते थारु संस्कृति, भेषभूषा, बाजागाजासहित बसन्तपुरमा भेला भइ झाँकी र्यालीसहित विभिन्न स्थानको परिक्रमा गर्दै टुँडीखेलमा सहभागी हुने चौधरीले बताए ।
थारु कला संस्कृति हाम्रो परिचान, यसलाई संरक्षण र संवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको माघी महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ ।
यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँच प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
जेनजी प्रदर्शनकारीका फौजदारी मुद्दा फिर्ता प्रक्रिया अघि बढाउँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइने