सिरहा, माघ ५ :

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कहिल्यै मधेसी नभन्ने बालेन्द्र शाहलाई मधेशपुत्रका रूपमा अघि सारेर रास्वपाले मधेसको भोट बटुल्ने नीति अख्तियार गरेको आरोप लगाएका छन् ।

लहानमा मधेश आन्दोलनका सहिदप्रति सोमबार मार्याल्पण गर्दै राउतले मधेशी जनताको बलिदानीको बलमा आएको संघीयता समाप्त पार्नकै लागि बालेनलाई रास्वपाले प्रयोग गरेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नियत संघीयताप्रति ठीक नरहेको भन्दै उनले प्रदेशसभा जलाउने, प्रदेश र संघीयता चाहिन्न भन्नेहरूलाई मधेशले प्रतिकार गर्ने बताए ।
उनले भने,‘मधेशको भोट बटुलेर ठुलो शक्ति बन्ने र संघीयता समाप्त पार्ने षडयन्त्रमा रास्वपा लागेको छ।'