जनकपुर, माघ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेसको छोरा प्रधानमन्त्री बन्ने लागेको बताएका छन्। रास्वपाले आगामी प्रधानमन्त्रीका रुपमा अघि सारेका शाहले सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले मैथली भाषामै मत दिन आग्रह गरे।  उनले भने,‘मधेसी छौरा पीएम बन्ने वाला है ।’ उनले चार वर्ष काठमाडौँ महानगरको मेयर हुँदा धेरै काम गरेको भन्दै जनकपुरलाई पनि यस्तै सुन्दर बनाउँने दाबी गरे ।

 यहाँका मठ मन्दिर र पाटीपौवाको  निर्माण र संरक्षण गर्ने प्रतिबद्धता समेत जनाए ।काठमाडौँमा जस्तै देशभर काम गर्ने उनको भनाइ थियो। उनले भने, ‘ म काम गर्ने मान्छे हुँ, भाषण गरेर समय खेर फाल्ने होइन ।’