बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा दैनिक उपभोग्य वस्तुको बजार अनुगमन सुरु

यस्तो छ माघ महिना भरको अनुगमन तालिका
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ माघ, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगरपालिकाद्वारा दैनिक उपभोग्य वस्तुको बजार अनुगमन सुरु
काठमाडौं, माघ ७ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका दैनिक उपभोग्य वस्तुको बजार अनुगमन सुरु गरेको छ । अनुसूची–२ को समूह ‘क’ अन्तर्गत आजदेखि खाद्यान्न, मासुजन्य पदार्थ, तरकारी, फलफूललगायतका वस्तुको अनुगमन कार्य थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार माघ महिनाभर सञ्चालन हुने बजार अनुगमनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । तालिकाअनुसार प्रत्येक वडामा फरक–फरक मितिमा अनुगमन गरिनेछ । वडा नं. ९ मा माघ ७ र ८ गते, वडा नं. ८ मा ९ र ११ गते, वडा नं. ७ मा १२ र १३ गते, वडा नं. ६ मा १४ र १५ गते, वडा नं. ५ मा १८ र १९ गते, वडा नं. ४ मा २० र २१ गते, वडा नं. ३ मा २२ र २३ गते, वडा नं. २ मा २६ र २७ गते तथा वडा नं. १ मा २८ र २९ गते बजार अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा खाद्य पदार्थ तथा खाद्यान्न, अप्रशोधित, अर्धप्रशोधित र प्रशोधित खाद्य सामग्री, तीमा प्रयोग हुने कच्चा पदार्थ, बिक्री स्थल तथा भण्डारण गृहको निरीक्षण गरिनेछ । साथै खाने तेल, घिउ, वनस्पति दूध तथा दुग्धजन्य पदार्थ, प्याकिङका लागि प्रयोग हुने प्लास्टिक, मसला पदार्थ, माछा, मासु र अण्डालगायतका सामग्रीको समेत अनुगमन गरिने नगरपालिकाले जानकारी दिएको छ ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरीय तथा सुरक्षित खाद्य वस्तुको बिक्री सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार