मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क #बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क
राजनीति

सभापति गगन थापा कांग्रेसको भावी प्रधानमन्त्रीका उम्मेदवार

थापाले भने- अर्को निर्वाचनदेखि अहिलेको जसैगरी उम्मेदवार छनोट हुँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
सभापति गगन थापा कांग्रेसको भावी प्रधानमन्त्रीका उम्मेदवार
काठमाडौं, माघ ९ :

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर जाने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा होमिने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न उपसभापति शर्माले बैठकमा प्रस्ताव पेस गरेका थिए ।

उनले भने, ‘देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो ।’ उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढङ्गले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेका छन् । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थ्य गगन थापासँग रहेको पनि उनको दाबी छ ।

यसैबीच सभापति थापाले अर्को निर्वाचनदेखि अहिलेको जसैगरी उम्मेदवार छनोट नहुने बताएका छन् । विभिन्न कारणले उम्मेदवार छनोटका लागि समय नपुगेकाले केही त्रुटि भएको हुन सक्ने थापाले स्वीकारे । अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन,’ थापाले भने‘उम्मेदवार त्यहीँको पार्टीको सदस्यले मतदान गरेर तलै चयन हुन्छ ।’ अप्ठेरोलाई बुझिदिनुहुन पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेशले गर्दा नयाँ कार्यसमितिलाई उम्मेदवार छनोट गर्न सकस परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार