सिरहा, माघ ११ :

सिरहामा जग्गा विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-१० स्थित मनहर्वा चोकमा भएको जग्गा विवादमा आइतबार कुटपिटबाट स्थानीय अजमुद्दीन शेखको मृत्यु भएको हो  ।

मृतकका आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरेका कारण अहिले आवागमन बन्द भएको छ। यद्यपि प्रहरीले राजमार्ग खुलाउने प्रयास जारी राखेको छ ।

स्थानीय रामदयाल साह, दिनेश महासेठलगायतले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा ऐलानी जग्गामा बनेको घर तोडफोड गरेको र स्थानीय भरोसी गाईँले अजमुद्दीनलाई कुटपिट गरेको स्थानीयले बताए। घटनामा संलग्नहरूको खोजी भइरहेको बताइएको छ ।