मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

· बुधबार, १४ माघ, २०८२ मा प्रकाशित
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मुस्ताङ, माघ १४ :

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् ।

अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।

त्यसैगरी   हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो  हिमपात भइरहेको छ ।

सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।

यसैबीच जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले  बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार