बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति भिडियो

विप्लवको आरोप : कम्युनिस्ट एकताबाट प्रचण्ड नै भागिरहेका छन्

एउटा सिट जित्नका लागि विरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण हुँदैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ माघ, २०८२ मा प्रकाशित
विप्लवको आरोप : कम्युनिस्ट एकताबाट प्रचण्ड नै भागिरहेका छन्
काठमाडौं, माघ १६ :

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरु नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्ड लगाएतका केही नेताहरुले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।

प्रचण्डले एकताका लागि केहीदिन अघि गरेको आह्वानमा विप्लवले बिचलनकारीहरुले एकताको अपिल गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई विर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरु सहभागी नहुने उनले स्पष्ट पारे । उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी) मा समाहित भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार