बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार

वरिष्ठ कलाकार सुनील थापाको निधन

· शनिबार, २४ माघ, २०८२ मा प्रकाशित
वरिष्ठ कलाकार सुनील थापाको निधन
काठमाडौं, माघ २४ :

वरिष्ठ कलाकार सुनील थापाको आज बिहान  निधन भएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । हृदयाघातपछि उनलाई अस्पताल लगिएको थियो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार नेपालमा छैन । श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।

निरौलाले भने ‘उहाँहरु आइपुग्नुभएपछि मात्र आधिकारिक रुपमा घोषणा गर्ने पारिवारिक तयारी छ ।’

आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने निरौलाले बताए ।

भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार