मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार खेलकुद क्रिकेट

आईसीसी टी २० विश्वकपको १० औं संस्करण आजबाट सुरु

नेपालले आइतबार दुई पटकको च्याम्पियन इङ्गल्यान्डसँग खेल्दै टि ट्वान्टी विश्वकपको आफ्नो यात्रा सुरु गर्दैछ । नेपालले पहिलो पटक इङ्गल्यान्डसँग खेल्नेछ।
· शनिबार, २४ माघ, २०८२ मा प्रकाशित
आईसीसी टी २० विश्वकपको १० औं संस्करण आजबाट सुरु
मुम्बई, माघ २४ :

आईसीसी  टी २० विश्वकपको १० औं संस्करण आजबाट सुरु हुदैछ ।

क्रिकेटमा पछिल्लो समय लोकप्रिय फर्म्याट टि ट्वान्टीको पुरुष विश्व कप भारत र श्रीलंकाका विभिन्न शहरहरुमा सुरु भएको छ।

दक्षिण एसियाली केही राष्ट्रबीचको राजनीतिक तिक्तताले यसपटकको विश्वकपमा प्रत्यक्ष असर भने परेको छ।

बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारत भ्रमण नगर्ने निर्णय लिएको छ भने  विश्व कप सुरु हुने दिन नजिकिँदै गर्दा पाकिस्तानले पनि  भारतसँग नखेल्ने निर्णय गर्नुले क्रिकेटप्रेमीलाई निराश बनाएको छ।

त्यसका बाबजुद विश्व कपको रौनकता अबको एक महिनासम्म चल्नेछ। साविक विजेता विजेतासहित समान २ पटकका च्याम्पियन भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिज तथा एक पटकका विजेता पाकिस्तान, श्रीलंकालगायत २० राष्ट्रले उपाधिका लागि प्रयास गर्नेछन्।

विश्वकपका खेलहरु मार्च ८ सम्म चल्नेछ ।

यसपटक विश्व कपमा कुल ५५ खेल आयोजना हुनेछन्। भारतका ५ शहरका तथा श्रीलंकाका २ शहरका ३ गरि ८ वटा क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्।

भारतमा गुजरात अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन्स, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एम.ए. चिदम्बरम स्टेडियम विश्वकपका मुख्य स्थल हुन्।

यस्तै, श्रीलंकामा कोलम्बोस्थित आर.प्रेमादासा स्टेडियम, एसएससी क्रिकेट मैदान र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा खेल हुनेछन्।

विश्वकपको पहिलो दिन आज ३ खेल हुनेछन्। पहिलो खेल कोलम्बोको एसएससी क्रिकेट मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। खेल बिहान ११:१५ बजे सुरु हुनेछ।

भारतमा २ खेल हुनेछन्। कोलकाताको इडेन गार्डेन्समा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। नेपाल यहि समूहमा‌ रहेको छ।

वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता टोली हो भने स्कटल्यान्ड अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो। बंगलादेशले भारत भ्रमण नमानेपछि गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले वरियताका आधारमा स्कटल्यान्डलाई अवसर दिएको हो। यो खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ।

दिनको अन्तिम खेलमा घरेलु टोली भारतले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा बेलुका ७:१५ बजे अमेरिकाविरुद्ध खेल्दै भाररले विश्वकप उपाधि रक्षाको यात्रा सुरु गर्नेछ।

गत संस्करण जितेपछि तत्कालीन कप्तान रोहित शर्मा र विराट कोहली टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका थिए।

नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङ्गल्यान्डसँग खेल्दै टि ट्वान्टी विश्वकपको आफ्नो यात्रा सुरु गर्दैछ । नेपालले पहिलो पटक इङ्गल्यान्डसँग खेल्नेछ।

नेपालले समूह चरणका आफ्ना सबै ४ खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ। सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेलको नेपालको यो तेस्रो सहभागिता हो भने लगातार दोस्रो हो ।

अमेरिका र वेस्ट इण्डिजमा भएको पछिल्लो संस्करणमा नेपालले ३ खेल खेल्दा जित निकाल्न सकेन। यद्दपी दक्षिण अफ्रिकासँगको खेल नेपालले १ रनले गुमाउँदै विश्व क्रिकेट जगतमा नेपाली टोलीको‌ चर्चा भएको थियो। पछि दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो।

यस पटक विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर एटमा पुग्नेछन् । सुपर एटका का खेल फेब्रुअरी २२ मा सुरु हुने । सुपर एटको प्रतिस्पर्धा पछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनल पहिलो मार्च ४ र दोस्रो मार्च ५ मा हुनेछ ।

फाइनल मार्च ८ मा आयोजना हुने तालिका रहेको छ। पाकिस्तानको नतिजाका आधारमा फाइनल भारत वा श्रीलंकामा हुने तय हुनेछ । पाकिस्तान पुगेको अवस्थामा श्रीलंकामा र अन्य अवस्थामा भारतमा फाइनल हुनेछ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार