नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढि ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । सोमबार यातायात व्यवस्था बिभागमा ज्ञापन पत्र बुझाउदै महासंघले केही ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारबहन क्षमता अत्याधिक कायम गरी सञ्चालन गर्दै आएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारबहन नियमन सम्बन्धी निर्देशिका विपरीत बढी क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । राज्यको निर्देशिका बमोजिम सञ्चालन भइरहेका सवारी साधनलाई विस्थापित हुने गरी सिनो कम्पनीको ट्रकलाई कायम गरिएको बढी भारबहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न माग गर्दै बिभागमा ध्यानाकर्षण गराइएको महासंघका सदस्य गोकर्ण पराजुलीले जानकारी दिए । उनले सबै प्रकारका मालबहाक सवारी साधनको भारबहन क्षमतामा एकरुपता कायम गर्नुपर्ने बताए ।
त्यस्तै महासंघले देशभर तौलपुललाई डिजिटल बनाउनुपर्ने र क्षमताभन्दा बढि भारबहन गर्ने सवारीसाधानलाई कारबाही गर्नुपर्ने माग गरेको उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
थप समाचार