मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार प्रदेश कोसी प्रदेश

३३ किलो सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ माघ, २०८२ मा प्रकाशित
३३ किलो सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय
मोरङ, माघ २६ :

उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई  १० वर्ष कैद सजाय सुनाएको छ। मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालत विराटनगरले नयाँ सजाय निर्धारण गरेको छ । मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको छ ।

गत माघ २० गतेदेखि उच्च अदालत विराटनगरमा यो मुद्दामा निरन्तर सुनुवाइ हुँदै आएको थियो । जिल्ला अदालत मोरङले उप्रेतीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । 

यससँगै जिल्ला अदालतबाट सफाइ पाएका पूर्वप्रहरी अधिकारी र व्यापारीहरूको हकमा उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको छ।सफाइ पाउनेहरूमा पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपी सञ्जयबहादुर राउत, प्रजीत केसी र सई बालकृष्ण सञ्जेल छन् । उच्च अदालतले जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) तोकिएका केही प्रतिवादीहरूको सजाय भने घटाएको छ।

२०७४ माघ ९ गते दुबईबाट तस्करी गरी ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकालेपछि हराएको थियो । उक्त सुनको अहिलेसम्म पनि अत्तोपत्तो छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार