मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार

रामेछापको सेलेघाटमा बस दुर्घटनामा ६ जनाको मृत्यु,उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन

· मंगलबार, २७ माघ, २०८२ मा प्रकाशित
रामेछापको सेलेघाटमा बस दुर्घटनामा ६ जनाको मृत्यु,उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन
रामेछाप, माघ २७ :

रामेछापको सेलेघाटमा यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

अहिले दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

मङ्गलवार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो ।

मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला छन् ।  ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार