आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
काठमाडौं, माघ २८ :

राष्ट्रिय सभा बैठकबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

 त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरि संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन १ गते शुक्रबार बोलाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार