कपिलवस्तु, माघ २८ :
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संगठन विभाग प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईलाई प्रहरीले अनुसन्धानमा रहेको सरकारी कागजात आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको हो ।
भट्टराईले गत माघ २६ गते आफनो फेसबुक पेजबाट ती कागजातहरू सार्वजनिक गरेर गोपनीयतासमेत भंग गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।बुधबार जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी विद्युतीय कारोबार ऐन २०६३ बमोजिम अनुसन्धान कार्यअघि बढाइएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
थप समाचार