
काठमाडाैं, फागुन १ :
नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई पाँच महिना कैद र जरिवानाको फैसला सुनाएको हो ।
तीन जनालाई बिगो ४ लाख ४८ हजार ५२५ को आधा रकम २ लाख २४ लाख २६२ रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत भनिएको छ ।
अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।