
फाइल तस्बिर ।
झापा, फागुन ३ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् । आइतबार झापाको भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताए ।
ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरु थोरै सिटमा समेटिने जिकिर गरे। आसन्न निर्वाचनका लागि आफू सबै मतदाताको घर–घरमा पुग्ने प्रयास गर्ने उनले बताए । झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचन केन्द्रीत कार्यक्रमका लागि अहिले झापामा रहेका छन् ।