शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारद्वारा सहायता रकम हस्तान्तरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारद्वारा सहायता रकम हस्तान्तरण
काठमाडौं, फागुन ४ :

नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

साथै उनले गङ्गाघाट हिन्दु मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे ।

गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिकस्थल हो । साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार