
सहरी विकास मन्त्री प्रा.डा कुमार इङ्नामले चैत्र १ गते हस्तान्तरण गर्नेगरी नयाँ संसद् भवनको निर्माण कार्य सक्न निर्देशन दिएका छन्। निर्माणाधीन संसद् भवनको अवलोकनपछि उनले कुनै पनि बहानामा संसद् भवनको निर्माणमा हुने ढिलाई स्वीकार्य नहुने चेतावनी दिए।
अहिलेको काम हेर्दा चैत्र १ गते सवै संरचना बन्न नसक्ने अवस्था नदेखिएको भन्दै उनले प्रतिनिधिसभाका लागि मात्रै आवश्यक पूर्वाधार तयार हुने अवस्था रहेको उनले उल्लेख गरे । निर्माण कम्पनीले चैत्रको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर हस्तन्तरण गर्ने प्रतिबद्धता जनाएकाले आफू विश्वस्त रहेको उनको भनाइ छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ संसद भवन निर्माणका लागि २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएएको थियो , तर सो समयमा समेत निर्माण सम्पन्न नभएपनि निर्माण कम्पनीले चैत्र पहिलो साता निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने जनाएको छ ।