बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार

निर्वाचन सुरक्षा सुदृढ र प्रभावकारी बनाइने

· आइतबार, १० फागुन, २०८२ मा प्रकाशित
निर्वाचन सुरक्षा सुदृढ र प्रभावकारी बनाइने
काठमाडौं, फागुन १० :

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने भएको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गर्दै निर्वाचन सुरक्षालाई मजबुद बनाउने निर्णय गरेको हो ।

बैठकमा निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको सुरक्षा निकायका प्रमुखहरूले बैठकमा ब्रिफिङ गरेका थिए ।

यसैबीच, गृह मन्त्रालयले धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पुर्याउने, धार्मिक एवं सामाजिक सद्भाव खल्बल्याउनेजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, घृणा वा द्वेष उत्पन्न  गर्ने कार्य कानुनद्वारा दण्डनीय रहेको जनाउँदै मन्त्रालयले यस्ता गतिविधिलाई सुक्ष्म ढङ्गले निगरानी गरी कानुनद्वारा बर्जित र दण्डनीय कार्य गर्ने जोकोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाहीसमेत भइरहेको स्पष्ट पारेको छ । साथै आगामी दिनमा यस्तो कार्य नगर्न नगराउनका साथै सबै धर्म, समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

“रौतहट, दाङलगायत तराई एवं मधेसका केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पुर्याउने, धार्मिक एवं सामाजिक सद्भाव खल्बलाउने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउनेलगायत कानुनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनेजस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार