नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै देश र जनताका पक्षमा उभिएको बताएका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमिसनको खेलमा नलागेको हुँदा चौतर्फी प्रहार र झुटा लाञ्छनाको निशाना बनाइएको बताए ।
देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै अध्यक्ष ओलीले पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए । ओलीको सो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित थियो ।
एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताए । उनले एमाले मात्र देशको सार्वभौमसत्ता र अखण्डता बचाउन सक्षम रहेको जिकिर गर्दै कुनै कठपुतलीसँग नडराउने बताए। ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? ओलीको प्रश्न थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा