नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका हुन्।
पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरे । निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । आफूले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने उनको दावी छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगाएतका उम्मेदवार रहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने
काठमाडौँ महानगरपालिका-४ को एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला
रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै पुनःस्थापित गर्नेगरी काम भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल
कांग्रेसको उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता
थप समाचार