शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

उपत्यकाका कांग्रेस उम्मेदवारद्वारा ‘भिजन-१०’ सार्वजनिक

काठमाडौँ उपत्यकालाई एकीकृत सहरका रुपमा विकास गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
उपत्यकाका कांग्रेस उम्मेदवारद्वारा ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं, फागुन १४ :

काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारहरुले ‘भिजन-१०’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा तीन वटै जिल्लाका उम्मेदवारको भर्चुअल सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।  तीन वटै जिल्लालाई एउटै सहरका रुपमा लिइ मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने प्रतिज्ञा गरिएको छ।

प्रतिज्ञापत्रमा काठमाडौँ-१ का उम्मेदवार प्रबल थापा, काठमाडौँ-२ का उम्मेदवार कविर शर्मा, काठमाडौँ-३ का उम्मेदवार रमेश अर्याल, काठमाडौँ-४ का उम्मेदवार सचिन तिमिल्सना र काठमाडौँ-५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ।

त्यस्तै, काठमाडौँ-६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौँ-७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौँ-८ की सपना राजभण्डारी, काठमाडौँ-९ की नानु बास्तोला र काठमाडौँ-१० का उम्मेदवार हिमाल कार्कीले प्रतिबद्धता जनाएका छन्।

यसैगरी, भक्तपुर-१ का उम्मेदवार किरण न्यौपाने, भक्तपुर-२ का उम्मेदवार कविर राणा, ललितपुर-१ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर-२ का प्रेमकृष्ण महर्जन र ललितपुर-३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले प्रतिबद्धता जनाएका हुन्।

एकीकृत सहरी विकास आयोजना कार्यान्वयन गरेर काठमाडौंलाई विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गर्ने उल्लेख गरिएको छ। साथै उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुर्नसंरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने जनाइएको छ।

त्यस्तै, प्रतिज्ञापत्रले उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वज्निक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने जनाएका छन्। यस्तै, उपत्यकाका नदीको संरक्षण, शुद्धिकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वशुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलई विश्वस्तरीय बनाउँदै लगिने जनाएका छन्।


कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको जनाउँदै  एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार