
झापा, फागुन २० :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का झापा क्षेत्र नम्बर २ का उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका– ६ निवासी कन्दङवालाई बुधबार बिहान पैसा बड्दै हिडेको आरोपमा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीले पक्राउ गरेर कान्दङवालाई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ।
यद्यपि उनको साथबाट पैसा भेटिएको वा नभेटिएकोबारेमा जानकारी प्राप्त हुन सकेको छैन। निर्वाचनको समय नजिकिँदै गर्दा झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।