
धनुषा, फागुन २३ :
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् ।
उनले नेपाली काँग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवारहरूलाई पछि पार्दै विजयी भएका हुन् ।
झाले ४३ हजार १४२ मत ल्याउँदा काँग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके ।
तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।