बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

रास्वपाको क्षमता र दूरदर्शितालाई हेरेर जनताले विश्वास गरे : डीपी अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
रास्वपाको क्षमता र दूरदर्शितालाई हेरेर जनताले विश्वास गरे : डीपी अर्याल
काठमाडौं, फागुन २३ :

काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित भएका रास्वपाका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीको उम्मेदवारसँग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसँग भएको ईमान्दारीता, क्षमता र दूरदर्शितालाई हेरेर जनताले विश्वास गरेको बताएका छन्। उनले आफूलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गरे ।

जनताले आफूहरुलाई न्याय दिएको भन्दै उनले अन्याय नहुने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं ९ बाट विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेका थिए । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार