बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको सुनुवाइ बिहीबार

महान्यायाधीवक्ता बराल र सरकारी वकिलको प्रतिरक्षा बहस बाँकी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको सुनुवाइ बिहीबार
काठमाडौं, चैत १० :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेसहितको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट बिहीबारलाई पेसी तोकिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ जारी रहेको छ । मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बिहीबार महान्यायाधीवक्ता भण्डारी बरालले  बहस गर्ने छिन् भने उनीपछि सरकारी वकिलहरुले प्रतिरक्षा बहस गर्ने छन् ।

रिट निवेदकतर्फको बहस सकिएको छ । सोमबार र मंगलबार भएको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अधिवक्ताहरु टिका कुँवर,उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरेको  सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार