बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र सेयर बजार

तीन दिन लगातार बढेको नेप्से परिसूचक २४ अङ्कले घट्यो

१५ अर्ब नौ करोडको कारोबार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
तीन दिन लगातार बढेको नेप्से परिसूचक २४ अङ्कले घट्यो
काठमाडौं, चैत ११ :

गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४०, विकास बैंक दुई दशमलव ३२, वित्त दुई दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६,लगानी शून्य दशमलव ५३ र जीवन बिमा समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा एक दशमलव १५ र अन्य समूह एक दशमलव ७० प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ५२ करोड ४७ लाख ४७ हजार ५९३ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १६ लाख ७६ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार