काठमाडौं, चैत १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेनलाई अंकमाल गर्दै बधाई तथा शुभकामना दिएका हुन् ।

सभापति लामिछानेले प्रधानमन्त्री बालेनले देश बनाउने विश्वास लिएका छन् । रास्वपाले चुनाव प्रचारप्रचारका क्रममा शाहलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार भन्दै चुनावी मैदानमा उत्रिएको थियो । बालेन नेतृत्वको सरकारमा सबै नै युवा र बौद्धिक व्यक्ति रहेका छन् ।