काठमाडौं, चैत १५ :

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ सुने भएको छ । ओलीलाई थुनामुक्तको माग गर्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गरिएको छ ।

त्यस्तै, लेखक पत्नी यशोदा लेखकले आइतबारै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उनको रिट दर्ता भएसँगै सोमबार सुनुवाइ तोकिएको छ। 

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री  ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते शनिबार बिहान पक्राउ गरिएको थियो ।