सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्गमा सवारी आवागमन बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
बीपी राजमार्गमा सवारी आवागमन बन्द
काभ्रे, चैत १७ :

बीपी राजमार्ग भएर चल्ने सवारी आवागमनमा रोक लगाएको छ । मंगलबार साँझ रोसी खोलाको जलाधार क्षेत्र पनौती लगायतका स्थानमा वर्षा भइरहेकाले तत्कालका लागि राजमार्गमा सवारी सञ्चालन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गत वर्षको बाढीका कारण बीपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा क्षति पुगेको थियो । बाढीले सडक बगाएपछि हाल उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी खोलाकै किनारबाट सवारी साधन सञ्चालन हुँदै आएका छन् । नदी किनारकै अस्थायी मार्ग भएकाले वर्षा हुनासाथ आवागमन प्रभावित हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार