काठमाडौं, चैत १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ । 

बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। 

यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका

अर्याल सभामुख बन्ने लगभग पक्का जस्तैछ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रास्वपाको १८२ जना सांसद भएको हुँदा निर्वाचन नै हुने स्थिति आए पनि उनी सहजै विजयी हुने छन् ।  उपसभामुखको भने टुंगो लागेको छैन । फरक दल र महिला हुनुपर्ने बारेमा चर्चा चलिरहेको छ ।