बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

संसद् सचिवालयमा सभामुखको पदबहाली
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल
काठमाडौं, चैत २२ :

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका छन् ।

आइतबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले संविधान र कानूनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले आफ्नो भूमिका निष्पक्ष हुने समेत बताए।

उनले संविधान, कानुन र जनताको लागि आवश्यक व्यवहारलाई समन्वय गरेर अघि बढ्ने समेत उल्लेख गरे । आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

सभामुखले कार्यभार सम्हाले

यसैबीच, प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन्। उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार