काठमाडौं, चैत २२ :
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
सुनुवाइ नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबारका लागि पेसी तोकिएको थियो ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा कारबाहीको सिफारिस भए बमोजिक प्रहरीले चैत १४ गते बिहान दुवै जनालाई पक्राउ गरेको थियो । ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट उनकी पत्नी यशोदाले निवेदन दर्ता गराएकी थिइन् ।
ओली पक्राउ परेको दिनदेखि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् । दुवै जनाले आन्दोलन दमनमा आफूहरुको कुनै भूमिका नरहेको जवाफ दिइसकेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा