काठमाडौं, चैत २२ :

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। 

सुनुवाइ नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबारका लागि पेसी तोकिएको थियो ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा कारबाहीको सिफारिस भए बमोजिक  प्रहरीले चैत १४ गते बिहान दुवै जनालाई पक्राउ गरेको थियो । ओलीका तर्फबाट पत्नी राधिका शाक्य र  लेखकको तर्फबाट उनकी पत्नी यशोदाले निवेदन दर्ता गराएकी थिइन् ।

ओली पक्राउ परेको दिनदेखि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् । दुवै जनाले आन्दोलन दमनमा आफूहरुको कुनै भूमिका नरहेको जवाफ दिइसकेका छन् ।