बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार राजनीति प्रदेश बागमती प्रदेश

प्रदेश सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को छ : मुख्यमन्त्री बानियाँ

सक्रिय न्युज · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
प्रदेश सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को छ : मुख्यमन्त्री बानियाँ
वाग्मती, चैत २४ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तर सम्वादमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले अनावश्यक प्रशासनिक खर्च घटाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय कायम गर्ने गरी तयारी भइरहेको उनले बताए । मुख्यमन्त्री बानियाँले प्रशासनिक खर्चलाई मितव्ययी र सुशासनयुक्त प्रदेश निर्माणका लागि ७०१ जना कर्मचारी कटौती गर्ने र अनावश्यक बोर्ड, समिति र सात वटा निर्देशनालयमध्ये पाँच वटा खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

प्रदेशको ढुकुटीबाट पैसा खर्चेर मन्त्री र कर्मचारीहरु बैदेशिक भम्रणमा जान नपाउने कडा नीति समेत प्रदेश सरकारले अवलम्बन गरेको उल्लेख गरे ।

आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रुपमा नतिजामुखी र राजस्व सङ्कलनमा केन्द्रित बनाउने बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले वितरणमुखी कार्यक्रम भन्दा उत्पादन र आयआर्जनलाई प्राथमिकता दिने बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार