काठमाडौं, चैत २५ :

नेपाल बार एसोसिएसनले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। प्रशासकीय अदालतले सूचना जारी गर्दै  रोक लगाएपछि बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन् ।

प्रशासकीय अदालत सिंहदबारभित्र रहेकोले  बहस गर्न जानुपर्ने हुँदा अवरोध गर्न नहुने बारको माग छ । यसअघि कानुन ब्यवसायीलाई  नेपाल बार काउन्सिलको परिचयपत्रका आधारमा  प्रवेश अनुमति  दिने गरिएको थियो । आइतबारदेखि सरकारले सिंहदरबार प्रवेशमा कानुन व्यवसायीहरूलाई गेटपास लिनुपर्ने व्यवस्था गरेको छ ।