सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

ज्ञापन पत्र बुझाउन जाँदा प्रहरीको हस्तक्षेप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं, वैशाख ७ :

राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल निगममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । 

प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो । प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगाएतका नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 

राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले आफूहरु समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्याधिक मूल्यवृद्धि गरिएकोप्रति आपत्ति समेत जनाए । युवाहरुले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार