
सर्लाही, वैशाख १६ :
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन सबैले समान रूपमा पालन गर्नुपर्ने बताएका छन्।
सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा आज आयोजित कार्यक्रममा सभापति थापाले कानुन नागरिकलगायत सरकारले पनि पालना गर्नुपर्ने धारणा राखे ।
सभापति थापाले सर्लाहीका स्थानीय प्रशासनलाई लक्षित गर्दै कानुन कार्यान्वयनमा विभेद नगर्न आग्रह गर्नुयभो । उहाँले पार्टी वा व्यक्ति हेरेर कानुन लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए ।
उनले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरे ।
थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।