बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

दुई सदस्यद्वारा 'नोट अफ डिसेन्ट'
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
काठमाडौं, वैशाख २४ :

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद्को बैठकले वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

तर बैठकमा उपस्थित ६ मध्ये दुई सदस्यले भने निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले असहमति जनाएका हुन् । यसले प्रधानन्यायाधीश सिफारिसमा विवाद सिर्जना भएको छ ।

न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई पन्छाएर कनिष्ठलाई सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् २०८९ वैशाख सम्म प्रधानन्यायाधीश रहनेछन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार