काठमाडौं, वैशाख २९ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम गर्नु लोकतान्त्रिक पद्धती र प्रणालीका हुनै नसक्ने बताए ।

आफैंले बोलाएको संसद स्थगित गरेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको उनको भनाइ थियो । संविधान संशोधनको विषयलाई हल्का ढंगले नलिन सचेत गराउँदै उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको बताए। प्रचण्डले 'पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्' भन्ने भाष्य सही नभएको पनि बताएका छन् । रहरूलाई आलोचनाकै आधारमा पक्राउ गरिएको आरोप लगाए।

‘हिजो पुराना दलहरू सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो। तर आज तपाईहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने काम गर्दै हुनुहुन्छ,’ प्रचण्डको भनाइ छ