
काठमाडौं, जेठ १ :
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका राम्रा विषयलाई अघि बढाउन कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सरकारको नीति तथा कार्यक्रममा युवा लक्षित राम्रा कुराहरु आएको भन्दै त्यसलाई अघि बढाउन पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
विदेशबाट फर्किएकाहरुको सीपलाई स्वदेशमा नै परिचालन गर्न सरकारले केही गर्न खोजेको जस्तो देखिएको उनले बताए । सभापति थापाले सरकारले अघि सारेका राम्रा काममा साझा धारणा बनाएर जाने कोशीस गर्ने धारणा पनि राखे । त्यस्तै उनले कुनै पनि कुरा एकैपटक नहुने भन्दै परिवर्तनका लागि सिस्टमबाटै नीति नियम कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।