सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ । संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारले दिउँसै लाल्टिन बालेर विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय प्रसाद मिश्रले सवैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए ।
विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ । यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने